घोराही । घोराही उपमहानगरपालिका(१६ मा रहेको राप्ती मोडर्न एकेडेमीले प्लसटु सञ्चालन गर्ने भएको छ । एकेडमीले शुक्रबार घोराहीमा पत्रकार सम्मेलनमार्फत यस वर्षदेखि प्लसटु सञ्चालन गर्ने बारेमा जानकारी गराएको हो ।
राप्ती मोडर्न एकेडेमीका प्रवन्ध निर्देशक डा। भीमसेन गिरीले घोराहीको पश्चिमी भूभागलाई मध्यनजर गर्दै विद्यालयले यस वर्षदेखि प्लसटुतर्फ विज्ञान र व्यवस्थापन संकाय सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले बस्ती र भूगोलको आर्थिक अवस्थालाई बुझेर सुविधायुक्त भौतिक संरचनाबाट सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको उद्देश रहेको बताउनुभयो । यो वर्ष विज्ञान र व्यवस्थापन संकायमा दुईर दुई सेक्सनमा ४०र४० जना विद्यार्थीहरु भर्ना गरेर शैक्षिक गतिविधिलाई अगाडि बढाइने उहाँको जोड थियो । विद्यालयले विद्यार्थीहरुको शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि अनुभवी तथा दक्ष शिक्षकहरूको सहभागितामा आधुनिक प्रविधिको प्रयोग, स्मार्ट कक्षाको व्यवस्था, अत्याधुनिक प्रयोगशाला, समृद्ध पुस्तकालय र इ(लाइब्रेरीसहितको हरियाली वातावरण, खेलकुद र अतिरिक्त क्रियाकलापमा प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो ।
निर्देशक डा। भीमसेन गिरीले दीर्घकालीन योजना अन्तर्गत यश एकेडेमीबाट प्लसटु उत्तीर्ण गरेका विद्यार्थीहरुलाई राप्ती इञ्जिनियरिङ कलेजमा सञ्चालित विई सिभिल, विई क्म्प्यूटर, बिसीए र विविए कार्यक्रममा सहुलियतमा भर्ना गरी अध्ययन गराइने बताउनुभयो । उहाँले राप्ती इञ्जिनियरिङ कलेजको व्यवस्थापनमा स्थापना गरिएको यस विद्यालयलाई जिल्लाकै फरक, उत्कृष्ट र नमूना विद्यालय बनाउने समेत उद्घोष गर्नुभएको थियो ।
राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल तथा राप्ती मोडर्न एकेडेमीका सञ्चालक रेशम गिरीले विषय प्रवेश गराउँदै विद्यार्थी र अभिभावकको अपेक्षा अनुसार सुरु गर्न लागिएको यो कार्यक्रम घोराही(१६ भित्र सञ्चालनमा आएको पहिलो प्लसटु तहको कार्यक्रम भएको बताउनुभयो । उहाँले यो विद्यालयले गुणस्तरीय शिक्षा, जिम्मेवार भविष्य भन्ने मूल मन्त्रकासाथ दक्ष, जिम्मेवार र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्लसटुतर्फ विज्ञान र व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । एसइईमा उत्कृष्ट नतिजा ल्याउने, जेहेन्दार र आर्थिक रूपमा विपन्न विद्यार्थीहरुका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरिएको समेत उहाँले बताउनुभयो ।
राप्ती मोडर्न एकेडेमीका प्रवन्ध निर्देशक डा। भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण राप्ती इञ्जिनियरिङ कलेजकी शिक्षिका सिर्जना देवकोटाले गर्नुभएको थियो ।