हार्दिक श्रदाञ्जली सभा सम्पन्न ।

  पुष १३, २०८०

१३ पौष, दहखोला प्युठान । प्युठान जिल्ला झिमरुक गाँउपालिका वडा नं ६ पल्लाघर निवासी समाजसेवी पदम गिरी र लक्ष्मण गिरीका बुवा स्व. खुमे गिरीको ९९ ( वर्षको उमेरमा  पौष १ गते निधन भएकोले २०८० पौष १३ गतेका दिन श्रदाञ्जली सभा सम्पन्न भएको छ । जेठो छोरा पदम गिरीको अध्यक्षतामा अघि बढेको शोकसभामा कान्छा छोरा लक्ष्मण गिरीले भावपूर्ण श्रदाञ्जली प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, दाङ जिल्ला इन्चार्ज एवं ३ महिने कार्यक्रमका प्युठान जिल्ला इन्चार्ज निर्मल आचार्यले स्व.खुमे गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकमग्न परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभयो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य आचार्यले परम्परागत रुपमा चल्दै आएको संस्कारलाई परिमार्जित गदै अगाडि बढनु पर्ने बताउँनु भयो । स्व.हजुर बुवाले गर्नु भएको सत्कार्यका कारण आज हामी विभिन्न ठाउँमा बसोवास गर्ने मानिसहरु एकै ठाउँमा भेला भएर यसरी एक आपसमा दुःख सुख साटासाट गर्ने अवसर प्राप्त भएको छ र हजुर बुवाले दिएको नैतिक शिक्षाका कारण आज छोरा नातीहरुले समाजको निम्ति योगदान गर्नु भएको छ ।

प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगी, झिमरुक गाउँपालिका वडा नं ६ का वडा सदस्य मित्रु गिरी, राप्ती इञ्जिनियरिङ कलेजका निर्देशक मधुसुदन बैद्य, जन्ता माध्यामिक बाग्दुलाका पूर्व शिक्षक एवं नाती भोजु गिरी, समाजसेवी एवं बाल कल्याण प्रा.वि तोरवाङका पूर्व प्रअ नारायण गिरीले शोक मन्तव्य व्यक्त गर्नु भयो । स्व.खुमे गिरीका नाती डा.शैलेन्द्र गिरीले बाजेको संम्झनामा घर परिवारको तर्फबाट बालविद्या माध्यामिक विद्यालय मजुवामा रु. १०००००। (अक्षेरुपी एक लाख) शिद्ध मन्दिर संरक्षण समाज नेपाल, दहखोलामा रु.१००००० । (अक्षेरुपी एकलाख) अक्षकोषको घोषणा गर्नुभयो । घोषणा गरिएको अक्षयकोषको वार्षिक व्याजबाट विद्यालय प्रथम हुने छात्र छात्रालाई छात्रवृति प्रदान गरिनेछ भने शिद्ध मन्दिर तर्फ कुल पुँजाको दिन परम्परागत चलिआएको सिर्पाली नाच वा अन्य त्यस्तै प्रकार नाच आमन्त्रण गरी मनोरञ्ज गराए वाफत व्याजबाट आएको रकम प्रदान गरिनेछ । उक्त कोषमा रकम क्रमशः थप्दै लगिने डा. गिरीले बताउनु भयो ।

सो कार्यक्रममा प्युठान नगरपालिका नगर प्रवक्ता सुमनराज श्रेष्ठ, झिमरुक ६ नं वडाका वडा अध्यक्ष धनबहादुर पुन, डा.ओमहरी प्रोख्रेल लगायत अन्य गन्यमान्य इष्टमित्र तथा छोरी ज्वाँइ नाती नातिनी भान्जा भान्जी दाजुभाई दिदीबहिनीहरुको उपस्थिती रहेको थियो । श्रद्धाञ्जली सभामा उपस्थित सबैले मृतकप्रति एक मिनेट मौन धारणा गरेका थिए । कार्यक्रमको संचालन माइलो नाती डा.भीमसेन गिरीले संचालन गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर