नवलपरासीमा बस र ट्रक ठोक्किँदा ३ जनाको ज्यान गयो २४ घाइते

  भदौ २, २०७८

भदौ २९ नवलपरासी / नवलपरासी–बर्दघाट सुस्तापूर्व नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ । मृतु हुनेमा दुई जना महिला र एक पुरुषको ज्यान गएको तर पहिचान नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएका हुन । बस सडकदेखि १० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर