प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा फार्मेसी संचालनमा

  भदौ २८, २०७८

नबराज राना मगर
भदौ २८ रोल्पा /
प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा भदौ २८ गते सोमबार औपचारिक रूपमा फार्मेसी संचालन भएको छ । रुन्टिगढि गाउँपालिका होलेरीको १२ लाख आर्थिक सहयोगमा उक्त फार्मेसी सञ्चालनमा आएको हो। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रून्टिगढी गाउँपालिकाका अध्यक्ष श्री बालाराम बुढाले रिबन काटी फार्मेसीको उद्घाटन गरेका थिए ।

फार्मेसीबाट स्वास्थ्य बिमा गरेका व्यक्ति लाई निशुल्क र अन्य विरामीहरूका लागि सहुलियतमा औसधि उपलब्ध हुने भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका ब्यवस्थापन समिति अध्यक्ष नेपबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका प्रशासन प्रमुख बुद्धिजीवी सेजुवालले गरेका थिए ।

कार्यक्रममा प्रबक्ता जगत बहादुर घर्ती ,गाउपालिकाका प्रसासकिय प्रमुख अधिकृत वासुदेव भट्टराई , वडा न ५ अध्यक्ष याम बहादुर दसौदी , गाउपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बुढा ,लेखा शाखा गोपाल पोख्रेल ,अस्पतालका प्रमुख विशाल कवर,कर्मचारी लगायत को उपस्थिति मा कार्यक्रम सम्पन्न गरिएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर