थप १ हजार ४ सय ८६ जनामा कोरोना पुष्टि, सङ्क्रमणका कारण १० जनाको ज्यान गयो

  भदौ २८, २०७८

भदौ २८ काठमाण्डाै / बितेको २४ घण्टामा देश भर १ हजार ४ सय ८६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार पाँच सय ३९ वटा नमुना परीक्षण गर्दा एक हजार चार सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएका सहित नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या आठ लाख ६५ हजार तीन सय ४३ पुगेको छ ।

यस्तै थप एक हजार दुई सय ६० जना निको भएसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या सात लाख ४० हजार सात सय १७ पुगेको छ । यही अवधिमा थप १० जनाले सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय ६५ पुगेको छ।

 

तपाईंको प्रतिक्रिया

थप खबर