सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गणको ठुलो सफलता वन्यजन्तुको सालकसहित १ जना पक्राउ

  भदौ २८, २०७८

(महेन्द्र सिंह) बाँके । दुर्लभ वन्यजन्तु सालकको खपेटासहित नेपालगन्जको जयसपुरबाट सोमवार एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीबाट खटिएको टोलीले एक किलो चार सय ग्राम तौलसहित बर्दिया बारबर्दिया नगरपालिका–१ बनगईका २४ वर्षीय नहकुल थापामगरलाई पक्राउ गरिएको उक्त गणका सशस्त्र प्रहरी एसपि अशोक कुमार बमले जानकारी दिए । उक्त सालक भारत तस्करी गर्ने क्रममा सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गरिएको सालक र व्यक्तिलाई डिभिजन वन कार्यालय नेपालगञ्जको जिम्मा लगाइएको सशस्त्रले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर