पत्रकारलाई हातपात र धम्की दिनेलाई कारबाहीको जोडदार माग

  भदौ २७, २०७८

मितिः २०७८।०५।२७ समाचार संकलनका लागि काठमाडौंस्थित मेरियट होटल पुगेको एभिन्युज टेलिभिजनका संवाददाताद्वय शीतल रिजाल र सुरेश रजकमाथि प्रहरीले दुव्र्यवहार गर्दै हातपात गर्नुका साथै उनीहरुको क्यामेरा खोसेर तोडफोड गरेको घटनाप्रति मिडिया नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार संकलनका लागि शुक्रबार राति ११ः०० बजे मेरियट होटल पुगेका पत्रकारद्वय रिजाल र रजकलाई प्रहरीले डेढ घण्टा नियन्त्रणमा लिएर समाचार संकलनमा रोक लगाएको थियो ।

समाचार संकलनमा किन रोक लगाएको भनेर प्रहरीसँग सोधखोज गर्दा प्रहरीले उल्टै पत्रकारद्वयमाथि दुव्र्यवहार र हातपात गर्दै उनीहरुको क्यामेरासमेत तोडफोड गरेको थियो । पत्रकारमाथि प्रहरीबाट भएको यो हर्कतले प्रेसको संवैधानिक अधिकार र स्वतन्त्रतामाथि हस्तक्षेप भएको मिडिया नेपालको ठहर हो ।

पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने प्रहरीको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषी प्रहरीमाथि कानुनी कारबाही माग गर्दै प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ । धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकार तथा सञ्चारकर्मीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ । मुकुन्द ढुंगाना महासचिव मिडिया नेपाल

तपाईंको प्रतिक्रिया

थप खबर