निजामति कर्मचारी युनियन कपिलवस्तुको सदस्यमा दाङका रेग्मी चयन

  भदौ २७, २०७८

भदौ २७ दाङ। नेपाल निजामति कर्मचारी युनियन कपिलवस्तु जिल्ला कार्यसमितिको सदस्यमा दाङका रमेश रेग्मी चयन हुनुभएको छ । कपिलवस्तु शाखाको आइतबार भएको आठौँ अधिवेशनबाट रेग्मी सदस्यमा निर्विरोध चयन हुनुभएको हो ।

तुलसीपुर-७ पर्सेनी निवासी रेग्मी बिगत एक दशकदेखि निजामति सेवामा कार्यरत रहनुभएको छ  । अधिवेशनले झक बहादुर आलेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा नबिन खनाल, समावेशी उपाध्यक्षमा प्रभुनाथ यादव, महिला उपाध्यक्षमा सुनुजरा बैजाली, सचिवमा राजेश कुमार सैनी,सहसचिवमा सुदिप कर्ण, कोषाध्यक्षमा पदमलाल घिमिरे र अन्य सदस्यहरु रहनुभएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर