बबई नदीमा पौडीने क्रममा दाङमा डुबेर एक युवकको ज्यान गयो

  भदौ २७, २०७८

भदौ २७ दाङ / वनरक्षकका लागि बबई नदीमा अभ्यास गर्ने क्रममा एक युवकको डूबेर मृत्यु भएको छ । राप्ती गाउँपालिका–८ पिपरी निबासी १८ बर्षका आशिष चौधरीको दंगीशरण गाउँपालिका–३ झुलुङगे पुल नजिकै बबई नदीमा पौडीने क्रममा डूबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

मृतक युवक शुक्रबार दंगीशरणमा रहेको साथीको घरमा गएका थिए । वनरक्षकका लागि फर्म भरेको रहेछन । त्यसका लागि रुखमा चढ्नुपर्ने र खोला तर्नुपर्ने रहेछ ,डिएसपी अर्यालले बताए साथी संग मिलेर नदीमा पौडीखेल्ने क्रममा डुबेर मृत्यु भए छ । शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर