२६ भदौ दाङ । वितेको २४ घण्टामा दाङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका अनुसार संक्रमण पुष्टि हुनेमा राप्ती स्वास्थ्य विज्ञान पतिष्ठान घोराहीमा ३० जनामा कोरोना परिक्षण गर्दा घोराहीका ४ र तुलसीपुरका ३ गरी सात जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्ला अहिले सक्रिय संक्रमितको संख्या ५२ पुगेको छ ।
यस्तै वितेको २४ घण्टामा १३ जना कोरोनाबाट मुक्त भएका छन । केन्द्रका अनुसार संक्रमणबाट मुक्त हुनेमा घोराहीका ७ जना, तुलसीपुर र बबईका २-२ जना, लमही र गढवाका १-१ जना रहेका छन । यस्तै वितेको २४ घण्टामा थप दुई जना संक्रमितको निधन भएको छ । तुलसीपुर ६ का एक जना र लमही ५ का एक जनाको निधन भएको केन्द्रले जनाएको छ ।