तेज वली / भदौ २५ दाङ । तुल्सिपुरका एक युवा ब्याबसायिले आफ्नो जन्मदिनको अबसर पारेर मानबसेवा आश्रम तुलसीपुरलाई सहयोग गरेका छन। झरना रि-कन्डिसन हाउस एण्ड वर्कसपका प्रोप्राईटर डिल्लीराज पाण्डेले तुलसीपुर उपमहानगरपालिका स्थित मानव सेवा आश्रममा रहेका करिब ४० जना असहाय वृद्धवृद्धा तथा बालबालिकालाई भोजन,आर्थिक सहयोग तथा खाद्यान्न सामाग्री सहयोग गरेका छन ।
पछिल्लो समयमा युवाहरुले आफ्नो जन्मदिनमा खर्चिलो विभिन्न पाटि,भोज,अनावश्यक खर्च गरेर मनाईरहेका बेला “जहाँ आवश्यकता त्यहाँ धर्म ” को भावना अनुरूप जो भोकै छन उनीहरूलाई खाना खुवाउनु भन्दा पुनित कार्य अरु हुन नसक्ने उहाँको भनाइ रहेको थियो । शुक्रबार बिहान सम्पन्न कार्यक्रममा डिल्लीराजले मानव सेवा आश्रमलाई सबै मिलेर सहयोग गर्नुपर्ने समेत बताए ।
उक्त अवसरमा पाण्डेले आफ़नो जन्मदिनमा मानव सेवा आश्रममा रहेका वृद्धवृद्धालाई खाना खुवाउन पाँएकोमा ख़ुशी व्यक्त गर्दै ब्यावस्थापन मिलाउनु हुने सबैमा आभार व्यक्त गरेका छन । उनि बिगत लामो समयदेखि तुल्सिपुरमा झरना रि-कन्डिसन हाउस एण्ड वर्कसप नामक ब्यबसाय चलाउदै आएका छन ।