राष्ट्रिय जनगणना आउँदाे कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने

  भदौ २३, २०७८

२३,भदौ काठमाण्डाै / राष्ट्रिय जनगणना आउँदाे कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने भएको छ । आज बुधवार काठमाण्डाैमा केन्द्रीय तथ्याङ्क विभागले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै कोरोना महामारीका कारण स्थगित गरिएको राष्ट्रिय जनगणना आउँदाे कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने भएको बताएको हो ।

अहिले कोरोनाको दर घटिरहेको, लकडाउनको अवस्था नरहेको र जनजीवन सामान्य रूपले चलिरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय जनगणना फेरि सञ्चालन गर्ने निर्णय गरेको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

महानिर्देशक श्रेष्ठका अनुसार आउँदाे जनगणना १२ औँ शृङ्खलाको हुनेछ भने जनगणनामा ३९ हजार गणक, आठ हजार सुपरिवेक्षकले ७० लाख परिवार तथा तीन करोड जनसङ्ख्याको गणना १५ दिनमा गर्नेछन । जनगणना गर्ने कार्य जटिल भएको र यस जनगणनामा हरेकको घरदैलोमा पुगेरगणना गरिने उनले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर