एसपी काफ्लेले आएको २ महिनामा अपराधीक गतिविधि नियन्त्रणमा पेस्तोल सहित १ जना पक्राउ

  भदौ १, २०७८

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा एसपी सुरेश काफ्लेले आएको २ महिनामा विभिन्न अपराधीक गतिविधिहरु नियन्त्रणमा दाङ प्रहरीको सादा पोसाकको प्रहरी टोलीले अटोम्याटेक पेस्तोल, म्याग्जिन र गोलीसहित घोराहीबाट एक जनालाई पक्राउ गरेको छ । रोल्पाको रुन्टिगढि गाउँपालिका वडा नंम्वर ९ सखी स्थाई ठेगाना भई हाल घोराही १३ बडहरा बस्ने २५ वर्षिय ईन्द्रकमल बुढामगरलाई गएराति साढे २ बजे प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्ले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन ।

अवैध हातहतियार बोकी सर्वसाधरणहरुलाई त्रसित पार्दै आईरहेको र उक्त हतियार बुढामगरले आफ्नै घरमा लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाका आधारमा दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । घोराही १३ बडहरामा रहेको बुढामगरको घरमा रहेको रा ५ प ८७६२ नंम्वरकोे स्कुटी मुनी रातो प्लाष्टिक भित्र लुकाई राखेको अवस्थामा अटोम्याटिक पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र १ राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर