कालिकोटमा जिप दुर्घटना , घाईतेको हेलिकप्टर बाट उद्धार गरिदै

  भदौ १३, २०७८

कालीकोट – कर्णाली करिडोरअन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका २ को आम्तडामा जप दुर्घटना हुँदा चालककाे ज्यान गएकाे छ । शान्तिघाटबाट तिजेगडाका लागि छुटेको क १ ज ३२ नम्बरको जीप दुर्घटना हुँदा चालक विक्रम गिरीको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । घाइते हुनेमा रास्काेट नगरपालिका ९ का नरपति लुवार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, टेक लुवार र रास्काेट ७ का कमलराज शाही रहेका छन् ।

यस्तै सान्नी त्रिवेणी गाउँपालिका ६ का बदे संज्याल, रन्तप्रसाद संज्याल, सुन्दर संज्याल, तिलकप्रसाद संज्याल र पँचाल झरना गाउँपालिका ९ की अनिता शाही छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । अन्य ६ जनाको अवस्था समान्य रहेको छ ।

घाइतेहरूको उद्धारका लागि हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया

थप खबर