मल्लरानीको चौरपानीमा क्रिकेट प्रतियोगिता सुरु

  कार्तिक ०, २०८०

९ कार्तिक प्युठान।  मल्लरानी गाउँपालिका-३, चौरपानी प्युठानमा क्रिकेट प्रतियोगिता सुरु भएको छ । बिहिवारबाट संचालन भएको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले पानसमा दिपप्रजोलन गरि उद्घाटन गर्नुभएको हो । युथ स्टार क्लब मल्लरानी- ३, चौरपानी प्युठानको आयोजनामा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु गरिएको आयोजक क्लबले जनाएको छ। जिल्लाभरबाट १८ वटा क्रिकेट टीमको सहभागीता रहेको युथ स्टार क्लबका अध्यक्ष रन्जन पौडेलले जानकारी दिए । आजबाट सुरु भएको खेल ३ दिन सम्म चल्ने अध्यक्ष पौडेलले बताए । खेल नकाउट सिस्टमबाट खेलाइने उनको भनाइ छ ।

क्रिकेट खेलको उद्घाटन गर्दै मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले क्रिकेट खेलप्रति स्थानीय युवाहरुको रुची बढेको भन्दै पालिकाले थप सहयोग गर्दै लैजाने बताए । उनले आगामी दिनमा जिल्लामा खेलाडीहरुलाई क्रिकेट खेल प्रति आक्रषण बनाउन लगानीका दायर बढाउनुपर्ने बताए। अध्यक्ष खड्काले खेलकुदको विकासका लागि राज्यले ध्यान दिनुपर्ने बताए । खेलाडी राष्ट्रको गहना भएको भन्दै अध्यक्ष खड्काले खेलाडीलाई खेल प्र्ति रुचि बढाउन आगामी वर्षदेखि आफुले नयाँ कार्यक्रम ल्याउन पहल थाल्ने बताए । राष्ट्रकाे लागि खेलकुद, स्वास्थकाे लागि खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको क्रिकेट प्रतियोगिता प्रथम र दोश्रो हुने खेलाडी टिमलाई क्रमश रु ४० हजार, मेडल र प्रमाणपत्र रु २० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने खेल आयोजकले जनाएको छ । यस्ता खाले कार्यक्रमले स्थानीय खेलाडीको हौसला बढाउन सहयोग पुग्ने भएको खेलाडीले बताए । खेल खेल्न पाउँदा आफुहरु हौसिएको एक खेलाडीले बताए । आगामी दिनमा पनि खेलकुद कार्यक्रमलाई निरन्तरता दिनपर्ने खेलाडीले माग गरेका छन् ।

युथ स्टार क्लब मल्लरानी- ३ चौरपानी प्युठानका अध्यक्ष रन्जन पौडेलको अध्यक्षमा भएको कार्यक्रम मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा उपाध्यक्ष रमेश श्रेष्ठ, वडा नम्बर ३ का वडा अध्यक्ष नोमराज पौडेल, जनप्रतिनिधि स्थानीय बासी खेलाडीको उपस्तिथि रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर