तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ डाँडापातु स्थित ५६ बर्षीया देविकुमारी योगीले आफ्ना ७८ बर्षीय श्रीमान खेमलाल पुरीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए ।
उनका अनुसार गएराति २ बजेतिर उक्त घटना भएको हो । धारिलो हतियार प्रयोग गरि हत्या गर्ने उनकी श्रीमति देविकुमारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुन हतियार प्रयोग गरेको , के कारणले घटना भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।