त्रिविमा माघ १५ गतेदेखि शैक्षिक प्रमाणपत्र अनलाइनबाटै  फाराम भर्न मिल्ने

  माघ ०२, २०८०

२ माघ ,काठमाण्डौ । त्रिभुव विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले शैक्षिक प्रमाण पत्र अनलाइन आवेदन दिन मिल्ने गरी व्यवस्था गरेको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रिय परीक्षा संचालक समितिको यही माघ २ गतेको बैठकबाट परीक्षा  कार्यालय नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट दिइने सेवाहरु ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने र रकम भुक्तानीको सुविधा सहित कार्यान्वयनमा ल्याइन लागेको जनाएको छ ।

विश्वविद्यालयले सो को कार्यान्वयन विधि सहित विस्तृत जानकारी विश्वविद्यालयको www.tuexam.edu.np मा यही माघ १० गतेका दिन प्रविष्ट गर्ने भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर