संस्कार सहितको शिक्षा दिन आवश्यक छ : गृह सचिव कवारी

  माघ ०१, २०८०

राप्ती उपत्यका दाङ, २९ पुस । लागू औषध समाजमा ठूलो समस्या बन्दै गएको देखिएको छ । प्रदेश, स्थानीय तह र सुरक्षा निकायसंगको समन्वय र सहकार्यमा जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा आइतबार दाङको राप्ती गाउँपालिकाको सभाहलमा आयोजित लागू औषध नियन्त्रण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवाला निकायले पछिल्लो समय लागू औषध दूर्ब्यसनी समाजमा विभिन्न समस्या निम्त्याएको बताएका छन्।

प्रमुख अतिथि लुम्बिनी प्रदेश गृह मन्त्रालयका सचिव लालबहादुर कवारीले बालबालिकालाई स्कुलबाट संस्कार सहितको शिक्षा दिन आवश्यक रहेको बताएका छन् । अभिभावक सचेत भए मात्र यो बिकृती अन्त्य साथै अभिभावक, शिक्षक र विद्यार्थी सबैको साझा अभ्यासले मात्र लागू औषध नियन्त्रण गर्न सकिने बताएका छन् । त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लागु औषध दुर्व्यशनीबाट बर्षेनी १ करोड मानिसहरूको विश्वमा मृत्यु हुने गरेको बताउँदै अध्यक्ष विष्टले बालबालिकालाई दुर्व्यशनीबाट बचाउन सरकारले नियमन गरेका र प्रतिवन्धित वस्तुहरू नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । गरिव परिवार भन्दा सम्पन्न परिवारका छोराछोरीहरू बढी मात्रामा लागु औषध दुर्व्यशनीमा फसिरहेकोले अब छोराछोरीलाई पढाएर मात्र नभई छोराछोरीलाई संस्कारी, ज्ञानी तथा अनुशासित बनाउनु पर्ने बताएका छन् । त्यस्तै उनले शिक्षक, विद्यार्थी तथा जनप्रतिनिधिहरू बढी मात्रामा जिम्मेवार हुनुपर्ने बताए ।

त्यसै गरि बालबालिकालाईहरूलाई कला संस्कृति सँग पनि जोड्न आवश्यक रहेको बताए । आनन्दका लागि प्रयोग गर्ने वस्तुले जीवन बर्वाद बनाउने भएकोले त्यस्ता वस्तु प्रयोग गर्न नहुने बताए । त्यस्तै उनले लागू औषध नियन्त्रण गर्न शिक्षक, विद्यार्थी तथा जनप्रतिनिधिहरू बढी मात्रामा जिम्मेवार हुनुपर्ने बताएका छन् । त्यसै गरि बालबालिकालाईहरूलाई कला संस्कृति सँग पनि जोड्न आवश्यक रहेको उनले बताए । वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले लागू औषधको दुरुपयोग, लागू पदार्थको दूर्ब्यसनी, लागू पदार्थको लतमा फसेको ब्यक्तिले लागू औषध बिनाको जीवन कल्पना गर्न नसक्ने बताएका छन् । लागू पदार्थ सेवनले मानिसलाई ढाट्न, चोर्न र बिस्तारै अपराधी क्रीयाकलापमा संलग्न गराउने र पछि गएर समाजमा यिनैले अपराधिक घटना घटाउने बताए । शारीरिक, मानसिक सामाजिक आर्थिक र कानुनी रुपमा असर पुगेको उनको भनाई छ । दाङ जिल्ला एचआईभीको जोखिममा रहेको दूर्बयसनीका कारण राज्यले यस्को जिम्मेवारी नलिए सम्म लागू औषध नियन्त्रण हुन नसक्ने बताएका छन् ।

नयाँ पाइला पुर्नस्थापना केन्द्रका प्रमुख सुरेश भुसालले लागू औषध प्रयोगले मानिसलाई मुख्य त घर परिवारले ख्याल राख्नु पर्ने बताए । पछिल्लो समय सुधार केन्द्रमा आउने अधिकांश युवाहरु डिप्रेसनमा गएको अवस्थामा मात्र आइपुग्ने बताए । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख रामबन्धु सुबेदीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश गृह मन्त्रालयका सचिव लालबाबु कवारीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा राप्ती गाउँपालिका गाउँ कार्यपालिका सदस्य पार्वती सुवेदी, राप्ती गाउँपालिका पशु सेवा शाखा प्रमुख जिवराज पाैडेल,मावि माैरीघाटकी प्रअ सिता रिजाल, शंकर मावि पिपरीका प्रअ सुवर्णमान चौधरी, देबीराज पौडेल, आशाका किरण संस्थाका पबित्रा बिश्वकर्माले आ- आफ्नो भनाई राखेका थिए । गढवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकारी अम्मरराज शर्माको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यलय दाङका प्रशासकीय अधिकृत विजय गौतमले गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर