शान्तिसुधा बोर्डिङको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

  पुष २, २०८०

घोराही ,दाङ । शान्तिसुधा बोर्डिङको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष दामोदर खनालको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममना विद्यालयका प्राचार्य विनय कुमार मिश्रका अनुसार विद्यालयमा ६ सय बालबालिका अध्यनरत रहेको जानकारी गराउनु भएको थियो ।

त्यस अवसरमा विद्यार्थीहरु अनुशासनमा प्रथम बिन्दु घर्ती, मिलनसार करुणा पुन मगर, सरसफाइमा सुमित डाँगी र धेरै दिन स्कुलमा उपस्थित हुने छोदेन बुढा मगरलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो । विद्यार्थीले आफ्ना विभिन्न आर्टस्हरु देखाएका थिए । गीत नृत्यले कार्यक्रमलाई शोभायमान बनाएको थियो। कार्यरत शिक्षक तथा कर्मचारीको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

विद्यालयका शिक्षक यमुना बिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा घोराही–१५ का अध्यक्ष रमेशकुमार पाण्डेय, विद्यालयका संस्थापक सदस्य प्रेम शाह, शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष भरतमणि पाण्डेय, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति मनोज डिसी, विद्यालयका शिक्षक शोभाकान्त अधिकारी, विद्यार्थी अनुषा बुढाथोकीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहप्राचार्य बालकृष्ण डाँगीले गर्नुभएको थियो ।

 

तपाईंको प्रतिक्रिया

थप खबर