सिर्जनशिल तारा इङलिस बोडिङमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न ।

  जेठ १८, २०८२

प्युठान । प्युठान नगरपालिका ९, मरन्ठाना पिपलबोटमा संचालित सिर्जनशिलतारा इङलिस बोर्डिङ स्कुलमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका अध्यक्ष एवं कार्यकारी निर्देशक डा.शैलेन्द्र गिरीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उद्घाटन गदै कार्यक्रमका प्रमुख अतिथि एवं मुख्य प्रशिक्षक राप्ती इञ्जिनियरिङ कलेजका उपप्राध्यापक थम्मन बस्नेतले अभिभावक शिक्षा कार्यक्रम को मुख्य उद्देश्य अभिभावकहरूलाई बालबालिकाको शैक्षिक, मानसिक, सामाजिक तथा भावनात्मक विकासमा सक्रिय, सकारात्मक र प्रभावकारी भूमिका निर्वाह गर्न सशक्त बनाउनु रहेको बताउनु भयो । प्रमुख अतिथि बस्नेतले विद्यार्थी समग्र विकासको लागि अभिभावको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । प्रशिक्षणको क्रम्मा उहाँले प्युठान जिल्लामा नै नमुना विद्यालयको रुपमा यस विद्यालयले डिजिटल प्रविधिको आधार रहेर शिक्षण सिकाइलाई अगाडि बढाइरहेकोले अभिभावकले पनि विद्यालयको लक्ष्य र उद्देश्यमा आधारित रहेरआफना नानीबाबुहरुलाइ पढाइ लेखाइको उचित व्यवस्थापन गर्नुपर्ने वताउनु भयो ।
कार्यक्रमका अर्को प्रशिक्षक राप्ती इञ्जिनियरिङ कलेजका कलेज व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले गुणस्तरीय शिक्षण सिकाइमा अभिभावकको भूमिका विषयमा प्रशिक्षण दिनुभएको थियो । डा.गिरीले अभिभावकले बालबालिकाको लागि सकारात्मक सिकाइ वातावरण सिर्जना गर्ने, नियमित निगरानी र साथ सहयोग, शैक्षिक संस्थासंग सहकार्य, नैतिकता र अनुशासनयुक्त जीवनशैली सिकाउने, प्रेरणा र आत्मबल प्रदान गर्ने, प्रविधिको उचित प्रयोगमा सहयोग गर्ने कार्यमा सहयोग पुयाउन सके बालबालिकाहरुको गुणस्तर राम्रो बन्न सक्ने बताउनु भयो । बालबालिकाहरुलाई उनीहरुको रुचि, चाहना, आवश्यकता र क्षमताको आधारमा उचित मार्गदर्शन दिन विद्यालय र शिक्षकको भन्दा पनि अभिभावको भूमिका झनै महत्वपूर्ण हुने भएकोले पनि अभिभावक शिक्षाको आवश्यकता झनै बढेर गएको बताउनु भयो ।

कार्यक्रममा राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल रेशम गिरीले बालविकासका लागि अभिभावकले साना साना कुरामा ध्यान दिने र उनीहरूलाई पनि प्राथमिकता दिएर स्याहारसुसार गरेको खण्डमा बालबालिकाले धेरै कुराहरू सिक्न सक्छन्। जिज्ञासाहरू र काम गर्ने चाहनाले गर्दा साना बालबालिकाहरु छुकछुके, चकचके जस्तो देखिन्छन् तर त्यसबाट उनीहरुले दैनिक व्यवहारमा आइपर्ने कामहरू सिकिरहेका हुन्छन्। शिक्षामा अभिभावकको सार्थक संलग्नतालाई बढाउन अभिभावक शिक्षाको अहम् भूमिका रहेको हुन्छ भन्नुभयो ।
कार्यक्रमका अध्यक्षता गर्नु भएका विद्यालय अध्यक्ष एवं राप्ती इञ्जिनियरिङ कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरी बालबालिकाको उत्सुकता र आवश्यकतालाई अभिभावकहरुले सही सम्बोधन गर्न सक्दामात्र उनीहरुको आत्मविश्वास र आत्मसम्मान बढ्छ। शिक्षित अभिभावकले स्वभावले नै आफ्ना बालबालिकाहरुको मनोविज्ञान बुझेर सोही अनुरुप मार्गदर्शन गर्नुपर्दछ भन्नुभयो । डा.गिरीले सुचना प्रविधिको प्रयोगले विद्यार्थी शिक्षण सिकाइ क्रियाकलाप नवीनत तरिकाले अगाडि बढने बताउनु भयो । डा.गिरीले एआई प्रयोग ठूला ठूला समस्या पनि सजिलै समाधान हुने बताउनु भयो । विद्यालयका प्रिन्सिपल सब.ई चन्द्रमाया बुढाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका वर्षा नेपाली गर्नु भएको थियो । कार्यक्रमका विद्यालयमा अध्ययरत विद्यार्थीहरुले गित , नृत्य प्रस्तुत गरेर अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा पन्चानब्बे प्रतिशत अभिभावकको उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर