राप्ती साहित्य परिषद् दाङ शाखाको १८९ औं श्रृंखला

  पुष २, २०८०

घोराही । राप्ती साहित्य परिषद् दाङ शाखाको १८९ औं श्रृंखला अन्तर्गत कृति समीक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

परिषद्का जिल्ला अध्यक्ष दीपक शर्मा (समिर) को अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा परिषद् जिल्ला शाखाको मुखपत्र ‘साहित्यपुञ्ज २०७८’को समीक्षा गरिएको थियो । मुखपत्रमा अहिलेसम्मका शाखा कार्यसमितिका पदाधिकारीको विवरण छ । जिल्ला शाखाले वर्षभरि गरेका गतिविविधहरु समेटिएका छन् । शाखाबाट हालसम्म सम्मानित हुनेहरु, पुरस्कार अक्षयकोष स्थापना गर्नेहरुको विवरण छ । शाखाका हालसम्मका अध्यक्षहरुको विवरण पनि राखिएको छ ।

यसैगरी कथा, लघु कथा, कविता, यात्रा, गीत, व्यंग्य, गजल, मुक्तक, हाइकूसहित विविध साहित्यिक सामग्री पनि छन् । समीक्षक प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्माले ६२ पृष्ठको सानो पुस्तकमा साहित्यिक क्षेत्रका अध्येयता तथा खोज अनुसन्धान गर्नेहरुका लागि निकै महत्वपुर्ण सामग्री दिएको बताउनुभयो ।

कार्यक्रममा स्वागत शाखा कोषाध्यक्ष यम रेग्मीले र सञ्चालन सचिव प्रकाश केसीले गर्नुभएको थियो ।

 

तपाईंको प्रतिक्रिया

थप खबर