साहित्यकार डा. उदासी पुरस्कृत हुँदै

  माघ ०५, २०८०

५ माघ घोराही । पुस्तक तथा स्टेशनरी व्यवसायी समिती दाङले सर्वोदय पुस्तकालय तथा वाचनालय घोराही दाङमा स्थापना गरेको ‘बौद्विक प्रतिभा पुरस्कार’ यस वर्ष राप्ती साहित्य परिषदका अध्यक्ष समेत रहनुभएका साहित्यकार डा. टिकाराम उदासीलाई प्रदान गरिने भएको छ ।

सर्वोदय पुस्तकालय कार्यसमितीद्वारा गठित पुरस्कार छनौट समितिको बैठकले उक्त निर्णय गरेको हो । छनौट समितिको संयाेजकमा पुस्तकालयका पुर्व अध्यक्ष पुरुषोत्तम खनाल र सदस्यहरुमा शम्भु गौतम , चन्द्रराज पन्त, नुमानन्द आचार्य र शारदा शर्मा हुनुहुन्थ्यो । प्रथम पटक प्रदान गरिन थालेको उक्त पुरस्कार आगामी फागुन २ गते बसन्त पञ्चमी तथा राष्ट्रीय पुस्तक दिवसको अवसरमा प्रदान गरिने पुस्तकालय परिवारले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर