जलजला सहाकारीले दियो गरिब र जेहेन्दार बिद्यार्थीलाई  पोसाक

  पुष २४, २०८०

२४ पौष,दाङ । घोराही स्थित जलजला बचत ऋण तथा सहकारी संस्थाले गरिब,अनाथ तथा जेहेन्दार विद्यार्थीलाई पोसाक बितरण गरेको छ । सहकारी संस्थाको १६ औं स्थापना दिबसका अबसरमा पोसाक बितरण गरेको हो ।

घोराही उपमहानगरपालिका १४ स्थित    बालविकास माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका करिब २१ जना बिद्यार्थीलाई करिब २९ हजार बरावरको स्कुल पोसाक वितरण गरिएको संस्थाका अध्यक्ष दिलकुमारी बुढाले जानकारी दिनुभयो ।

सहकारी संस्थाले आर्थिक अबस्थाक कमजोर भएका गरिब,अनाथ तथा जेहेन्दार विद्यार्थीलाई सहयोग प्रदान गरिएको जानकारी दिनुभयो । सहकारी संस्थाका सल्लाहकार पूर्णकुमारी पुनले विद्यार्थीलाई पोसाक हतान्तरण गर्नु भएको थियो ।पुनले बिपन्न समुदायले पोसाक पाउँदा दैनिक स्कुल जान सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम संस्थाका अध्यक्ष दिलकुमारी बुढाको अध्यक्षमा सम्पन्न भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर