लायन्स क्लव अफ भित्रीकोटलाई चार्टर पेपर हस्तान्त्ररण

  कार्तिक २६, २०८०

२५ कार्तिक, प्युठान । लायन्स क्लव अफ प्युठानद्धारा प्युठान नगरपालिका स्थित आयुष्मा होटल जुम्रीमा आयोजित भव्य कार्यक्रममा लायन्स क्लव अफ प्युठानले लायन्स क्लव अफ भित्रीकोटलाई चार्टर पेपर हस्तान्त्ररण गरेको छ । लायन्स एउटा गैरनाफामुलक अन्तराष्टिय समाजिक सेवाको अग्रणी संस्था हो र यसले समाजमा अप्ठयारो परेको बेलमा सहयोग गर्दछ, जहाँ समस्या त्यहाँ समाधानको लागि लायन्स पुग्छ भन्दै लायन्स क्लव इन्टरनेशनल ३२५ एन का डिस्टिक गर्भनर एवं कार्यक्रमका प्रमुख अतिथि लायन मुकुटले भनुभयो । प्रमुख अतिथि ढकालले कार्यक्रमको उद्घाटन गदै हामी लायन्स हुनुमा गर्भ छ , हामी अब एउटै परिवारमा जोडिएको छौ र हामीले समाजमा भएका समस्याको पहिचान गरि समाधान गर्न सक्छौ । हामीले निःस्वार्थ भावनाले समाज सेवाको कार्यमा लागि समाजका हितहुने कार्य गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि एवं लायन्स क्लव इन्टरनेशनल डिस्टिक ३२५ एन एरिया नं २ का एरिया चिफ लायन डा.भीमसेन गिरीले नेतृत्व र व्यक्तित्व विकास एवं समाजिक सेवाको लागि लायन्स क्लव एक उत्कृष्ट थलो भएको बताउनु भयो । व्यक्तिले आफुले सिकेको ज्ञान, सीप, क्षतमतालाई प्रयोग गरी समाज परिवर्तन गर्नको लागि यस संस्थाको अहंम भूमिका रहने समेत बताउनु भयो । लायन्स सदस्यहरुकाबीचमा भाइचारको सम्बन्धको विकास गर्न र समाजसेवा सेवा गर्ने अवसर पनि हो भन्दै आफु एक सेवामुलक अन्तराष्टिय संस्थाको सदस्यहनुको नाताले सबै आफुलाई गर्भको अनुभूति गदै समाजमा असल कार्य गर्न आग्रह गर्नुभयो । डा.गिरीले प्युठान क्लवले गरेको विभिन्न कार्यको प्रशंसा गर्नुभयो । कार्यक्रम डिस्टिक को चिफ लायन युवराज थपलियाले लायन्स क्लव प्युठानले प्युठान अस्पतालको लागि आवश्यक डायोलेसिस मेशिन प्राप्तीको लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनु भयो ।

यसैगरी रिर्जन चियर पर्शन एवं प्युठान नगरपालिकाका संस्थापक मेयर लायन अर्जुन कक्षपतिले हामीले प्युठान जिल्लाको आवश्यकता पहिचान गरि सामाजिक कार्य गरिरहेको बताउनु भयो । प्युठान जिल्लामा छिटै दुई ओटा नयाँ क्लव खोल्ने तयार भइरहेको जानकारी गराउनु भयो । लामो समय लायन्समा कार्य गर्नुभएका लायन लिडर एवं लायन्स क्लव झिमुकका र्पूव अध्यक्ष लायन लोक बहादुर बस्नेतलाई लायन्स क्वल अफ प्युठानको सदस्यता प्रदान गरी लायन्स क्लव इन्टरनेशनल ३२५ एनको डिस्टिक डिमार्टमेन्ट मेम्बर मनोनय गरिएको छ । कार्यक्रममा प्युठान नगरपालिका ३ नं वडाका अध्यक्ष एवं नगर प्रवक्ता लायन सुमन श्रेष्ठ, उद्योग बाणिज्य संघका महासचिव सन्देश आचार्य लगायत भित्रीकोट क्लवका नयाँ टिमलाई प्रमाण पत्र तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । गर्भनर लायन मुकुट ढकालले लायन युवराज थपलिया, लायन अर्जुृन कक्षपति र लायन नवीन श्रेष्ठलाई सम्मान गर्नु भएको थियो ।
लायन्स क्लव अफ प्युठानका अध्यक्ष झविन्द शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ भित्रिकोटका अध्यक्ष लायन खिमप्रसाद पार्देले गर्नु भएको थियो भने कार्यक्रमको संचालन भित्रीको क्लवका सचिव लायन रामप्रसाद पा्ेख्रेलले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर