सन् १९४४ मा आजकै दिन : रुजवेल्ट चौथो पटक राष्ट्रपतिमा निर्वाचित

  कार्तिक २१, २०८०

काठमाडौँ — सन् १९४४ मा आजकै दिन (नोभेम्बर ७) मा अमेरिकी राष्ट्रपति फ्रांकलिन डिलानो रुजवेल्ट चौथो कार्यकालका लागि निर्वाचित भएका थिए । डेमोक्रेटिक पार्टीका रुजवेल्टले रिपब्लिकनका थोमस एडमन्ड डेवीलाई पराजित गरेका थिए ।

रुजवेल्ट १९३३ को मार्च ४ मा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएका थिए । १९४५ को जनवरी २० देखि चौथो कार्यकाल सुरु गरेका उनी १९४५ अप्रिल १२ मा मृत्यु हुनुअघिसम्म अमेरिकाको राष्ट्रपति थिए । १८८२ को जनवरी ३० मा जन्मिएका रुजवेल्ट दुईभन्दा बढी कार्यकाल सम्हाल्ने एकमात्र अमेरिकी राष्ट्रपति हुन् । १९५१ मा अमेरिकी संविधान संशोधन गरी कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाउने व्यवस्था गरिएको थियो ।

रुजवेल्ट बीसौं शताब्दीका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक मानिन्छन् । उनले दोस्रो विश्वयुद्ध र विश्वव्यापी आर्थिक मन्दीको समयमा सफलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

 

तपाईंको प्रतिक्रिया

थप खबर