बीरेन्द्र माविमा छात्रवृति वितरण तथा शुभकामना आदानप्रदान

  कार्तिक ०१, २०८०

तुलसीपुर,३० असोज । वीरेन्द्र माध्यमिक विद्यालय तुलसीपुर उपमहानगरालिका १ मा मंगलवार एक कार्यक्रमको आयोजना गरेर छात्रवृत्ति वितरण तथा दशैं तिहार बिशेष कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलुप्रसाद न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष हुमाकान्त सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालय स्थापना भएका देव अम्बिका स्मृति, झिल्लुप्रसाद स्मृति, मणिराम कुमाल स्मृति, खगी स्मृति र निरन्जन बस्याल स्मृति अक्षयकोषको छात्रवृत्ति उत्कृष्ट, जेहेन्दार, लगनशील, खेलप्रेमी तथा अनुशासित विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्ती, अक्षयकोषदातालगायतका व्यक्तिले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए।

नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको थियो। शिक्षक फस्ट बहादुर रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक डा जीतबहादुर गिरीले गरेका थिए । विद्यालय बुक र ड्रेस फ्रिडेका रुपमा सञ्चालन भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर