साहित्यकार गिरीको एकल वाचन

  असोज २७, २०८०

राप्ती साहित्य परिषद् दाङको नियमित एकल रचना वाचनको ७५औँ साहित्यिक शृङ्खला अन्तर्गत शुक्रवार घोराहीमा साहित्यकार धनसिंह गिरीको एकल रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा साहित्यकार गिरीले आफूले रचना गरेका करिब आधा दर्जन कविता र गजल वाचनसँगै बाँसुरी बजाएका थिए । साहित्यकार गिरीले देश, काल परिवेश, र समाजको वर्तमान अवस्थालाई गजल र कवितामा उतारेर शब्दभावलाई मिठासपूर्ण ढङ्गले प्रस्तुत गरेका थिए । वाचित कविता र गजलको साहित्यकार नारायण नेपालले समीक्षा गर्दै साहित्यकार गिरीका कविता समयको आवाज भएको बताए ।

छन्द र विन्यासमा केही कमजोरी भए पनि समग्रमा सबै सिर्जना गतिशील रहेको बताउँदै साहित्यका निखारता ल्याउन थप मिहिनेत गर्न आवश्यक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि नारायणप्रसाद शर्माले दाङ साहित्यको उद्गम थलो भएको बताउँदै जिल्लाले अर्को प्रतिभा जन्माउन सफल भएको बताए ।

साहित्य नियमित साधनाबाट प्रष्फुटन हुने समाजको प्रतिविम्ब भएकाले साहित्यकार गिरीका रचना अहिलेको आवाज बोल्न सफल भएको बताए । त्यस अवसमा साहित्यकार डा. गोविन्द आचार्य, उत्तककृष्ण मजगैयाँ, टीकाराम उदासीलगायतले बोलेका थिए ।

राप्ती साहित्य परिषद् जिल्ला अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता, बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता, साहित्यकार डा गोविन्द आचार्य, उत्तमकृष्ण मजगौयाँको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरेका थिए ।

 राप्ती साहित्य परिषद्का सदस्य हरिप्रसाद पौडेल स्वर्णशिखाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर