सञ्चार, सूचना तथा प्रविधिको प्रयोग सहज बनाउनु पर्छ: अध्यक्ष पुन

  असोज २७, २०८०

२६ असोज २०८० दाङ,  ।

स्वच्छ नेपालको आयोजना तथा नेपाल टेलिकमको आर्थिक सहयोगमा सञ्चालित सञ्चार, सूचना तथा प्रविधि विकासमा किशोर–किशोरी तथा युवा–युवतीहरुको पहुँच विषयक एकदिने सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि  बंगलाचुली गाउँपालिकाका अध्यक्ष पुनले सञ्चार , सूचना तथा प्रविधिको विकास सहज जीवन उपयोगी बन्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि पुनले मन्तब्यकै क्रम्ममा बढ्दो सञ्चार , सूचना प्रविधिको विकासको सही सदुपयोगले दैनिक जीवनलाई सहज बनाउने भएपनि दुरुपयोग मानवको जीवनलाई जोखिममा पार्न सक्ने बताएका थिए । जसकाले सञ्चार , सूचना तथा प्रविधिको सही प्रयोग नै आजको आवश्यकता रहेको बताएका हुन् ।

कार्यक्रममा बंगालचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले बढ्दो सञ्चार, सूचना तथा प्रविधिको विकाससँगै यसको दुरुपयोगको जोखिम समेत देखा पर्दै गईरहेको बताएका छन् । जसका कारण प्रविधिको प्रयोग सजतापूर्वक गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रवक्ता तथा ३ नं.  वडाका  वडाध्यक्ष शोभाराज विश्वकर्मा, ४  नं. वडा की वडा सदस्य मिना परियार, निमित्त प्रमुख प्रशासकिय अधिकृत लुमाकान्त कालाथोकी , रेडियो बंगलाचुली स्टेसन म्यानेजर जीवन नेपाली, कार्यक्रममा प्रशिक्षक नेपाल टेलिकम घोराही शाखाका प्रमुख माधव खनाल, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम स्वच्छ नेपालकी  अध्यक्ष बिन्दु गिरी आचार्यका अध्यक्षतमा सम्पन्न भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर