राप्ती इञ्जिनियरिङ कलेजलाई वेष्ट इञ्जिनियरिङ म्यानेजमेन्ट एण्ड आइटी अवार्ड २०८१ प्रदान

  चैत १७, २०८१

घोराही । फेयर एक्प्रेस नेपालको आयोजनामा २०८१ साल चैत्र ७ गते काठमाण्डौँमा फेयर एक्स्प्रेस इन्टरनेशनल एजुकेशन अवार्ड २०८१ कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रममा राप्ती इञ्जिनियरिङ कलेजलाई वेष्ट इञ्जिनियरिङ, म्यानेजमेन्ट एण्ड आइटी अवार्ड २०८१ प्रदान गरिएको छ । उक्त कार्यक्रममा वेष्ट म्यानेजमेन्ट कलेज विधामा शंकरदेव क्याम्पस, वेष्ट आइटी कलेजबाट काठमाडौं वर्नहार्ट कलेज, वेष्ट हेल्थ साइन्स कलेजबाट सिआइएसटी कलेज उत्कृष्ट घोषित भएका छन् ।
घोराही । फेयर एक्प्रेस नेपालको आयोजनामा २०८१ साल चैत्र ७ गते काठमाण्डौँमा फेयर एक्स्प्रेस इन्टरनेशनल एजुकेशन अवार्ड २०८१ कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रममा राप्ती इञ्जिनियरिङ कलेजलाई वेष्ट इञ्जिनियरिङ, म्यानेजमेन्ट एण्ड आइटी अवार्ड २०८१ प्रदान गरिएको छ । उक्त कार्यक्रममा वेष्ट म्यानेजमेन्ट कलेज विधामा शंकरदेव क्याम्पस, वेष्ट आइटी कलेजबाट काठमाडौं वर्नहार्ट कलेज, वेष्ट हेल्थ साइन्स कलेजबाट सिआइएसटी कलेज उत्कृष्ट घोषित भएका छन् ।
त्यसै गरी उक्त कार्यक्रममा फेयर एक्सेप्रेसले शिक्षा क्षेत्रका ६ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मान प्राप्त गर्नुहुनेमा भाषा आयोगका पूर्व अध्यक्ष डा। लवदेव अवस्थी, शिक्षासेवी इ।डा। मिथिलेस कुमार झा, एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल पूर्व अध्यक्ष राजेन्द्र बराल, शिक्षाकर्मी डा। देवकान्त जोशी, शिक्षा पत्रकार समाजका पूर्व अध्यक्ष प्रकाश सिलवाल सिलवाल तथा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा “नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ” भन्ने घोषणासमेत गरिएको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादव, शिक्षा, स्वास्थ तथा सूचना प्रविधि संसदीय समितिका सभापति अम्बर बहादुर थापा, शिक्षाविद् विद्यानाथ कोइराला, राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष महाश्रम शर्मा, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द खनाल तथा चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसिले नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ लेखिएको पम्प्लेटको प्रदर्शन गरी उक्त घोषणा गर्नुभएको हो ।

पूर्व राष्ट्रपति रामवरण यादवले “अहिलेको नेपालका बालबालिकाले दुनियाँको विषयमा धेरै बुझेको तर देशको बारेमा कम बुझेका देखिन्छ । देशको राजनीतिक इतिहासको विषयमा धेरै बालबालिकाले दुइ पेजले लेख्न नसक्ने अवस्था छ । यसको दोष बालबालिकाहरुलाई मात्रै होइन राज्यलाई दिनुपर्छ । अवको समयमा राज्यले विद्यालय शिक्षामा रहेको सामाजिक विषयमा भूगोल, इतिहास, राजनीति, इतिहासका विषय राखिएन भने रोवोट बनेर मात्र हुँदैन । देश नबुझ्ने व्यक्ति उत्पादन गरेर देश कसरी बनाउँन सकिन्छ”भन्नुभयो ।

आयोजक संस्था फेयर एक्प्रेस नेपालका अध्यक्ष राजेन्द्र लुईटेलले प्रकृयामा आएका शैक्षिक संघसंस्थाहरुमध्येबाट उत्कृष्ट छनौट गरी पुरस्कृत गरिएको जानकारी दिनुभयो । उक्त कार्यक्रममा कले जका प्रिन्सिपल रेशम गिर ीले वेष्ट इञ्जिनियरिङ, म्यानेजमेन्ट एण्ड आइटी अवार्ड २०८१ लिनको लागि कलेजको तर्फबाट प्रतिनित्व गर्नुभएको थियो ।

राप्ती इञ्जिनियरिङ कले ज यस क्षेत्रको पहिलो प्राविधिक कलेज हो । यस कलेजलेबिई सिभिल इञ्जिनियरि ङ र  बिसिए कार्यक्रमतर्फ पो खर ा विश्वविद्यालबाट गो ल्ड मे डल प्राप्त गर्न सफल भएको  छ । यस कले जबाट पास आउट भएका ९० प्रतिशत विद्यार्थीहरु सर कार ी र  गै र सर कार ी संघ संस्थामा र ो जगार ी प्राप्त गर्न सफल छन् । कले जल इञ्जिनियरि ङ, आईटी र म्यानेजमेन्ट शिक्षा प्रदान गर्दै  आइर हे को  यस कले ज शै क्षिक क्षे त्रमा लुम्बिनी प्रदे शकै  उत्कृष्ट कले ज हो  । र ाप्ती इञ्जिनियरि ङ कले ज क्ष्क्इ द्दण्ण्ढस्द्दण्ज्ञछ ऋभचतषष्भमकल कले ज हो  । कले जमा पोखरा विश्वविद्यालयको विई सिभिल, विई कम्प्युटर, विसिए र विविए तथा ऋत्भ्ख्त् बाट डिप्लोमा इन कम्प्यूटर इञ्जिनियरिङ, प्रि—डिप्लोमा इन सिभिल, सर्भे र इलेक्ट्रिकल इञ्जिनियरिङ कार्यक्रम सञ्चालनमा रहेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर