राप्ती इञ्जिनियरिङमा लायन्स पदाधिकारी चयन

  श्रावण ०, २०८०

संगिता पुरी

घोराही, जेठ । लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङमा बर्ष २०२३/२०२४का लागि पदाधिकारी चयन गरिएको छ । लायन बर्ष २०२२/०२३का अध्यक्ष मधुसूदन बैद्यले नयाँ कार्यसमितिका बारेमा जानकारी गराउनुभयो ।

बैद्यकै अध्यक्षता एवं लायन्स क्लव बर्ष २०२३/२०२४ का एरिया चिफ डा. भिमसेन गिरीको उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष बैद्यले आगामी बर्षका लागि कार्यसमिति चयन गरिएको जानकारी गराउनुभयो । २०२३/२०२४का लागि लायन्स क्लव राप्ती इञ्जिनियरिङको अध्यक्षमा शरद अधिकारीलाई चयन गरिएको छ ।

उहाँका अनुसार आगामी बर्षका लागि डा. भिमसेन गिरीलाई चार्टर प्रेसिडेन्ट, निवर्तमान अध्यक्षका रुपमा मधुसूधन बैद्य, रेशम गिरीलाई पूर्व अध्यक्ष, कर्ण बहादुर पुनलाई प्रथम उपाध्यक्ष, धनेश्वर चौधरीलाई द्वितिय उपाध्यक्ष र बावुराम जोशीलाई तृतिय उपाध्यक्ष चयन गरिएको छ ।

यसैगरी इञ्जिनियर शर्मिला चौधरी सचिव, संगीता गिरी कोषाध्यक्ष, सरिता तामाङ गिरी सह सचिव, विश्ववन्धु थापा सह कोषाध्यक्ष, डा. शैलेन्द्र गिरी सर्भिस चियरप्रशन, खेमराज मल्ल शैक्षिक निर्देशक, सुशिला आचार्य सामाजिक सेवा कार्यक्रम निर्देशक, डा. हिरा गिरी स्वास्थ्य निर्देशक, विनु दहाल संचार प्रमुख, फणाधर भुषाल बातावरण कार्यक्रम निर्देशक, विल्सन गिरी अन्तराष्र्टिय सम्वन्ध निर्देशकका रुपमा चयन गरिएको छ ।

पदाधिकारी चयन कार्यक्रममा बोल्दै एरिया चिफ डा. गिरीले सामाजिक सेवाको काममा लायनले अरु भन्दा उत्कृष्ठ कार्य गरिरहेको बताउनुभयो । उहाँले आगामी बर्ष लायन्स क्लव राप्ती इञ्जिनियरिङलाई व्यापक रुपमा लैजाने योजना रहेको बताउनुभयो । तत्कालै लियो क्लव गठन गरेर विद्यार्थी भाइवैनीहरुलाई पनि संगठित गरेर लैजाने योजना रहेको पनि उहाँले सुनाउनुभयो ।

कार्यक्रममा लायन्स क्लव ३२५ ‘एन’ का कोषाध्यक्ष रेशम गिरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संगीता पुरीले ध्वजाको अभिभावदन गराउनुभएको थियो भने प्रथम उपाध्यक्ष कर्णबहादुर पुनले स्वागत र कार्यक्रमको संचालन सचिव धनेश्वर चौधरीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर