दाङ प्रहरीले चार्डपर्वलाई मध्य नजर गर्दै नागरिक यात्रु सहायता कक्ष स्थापना

  असोज १५, २०७८

(सागर थापा) दाङ / चार्डपर्वलाई मध्य नजर गर्दै घोराहीमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ । वडादशैँ, दिपावली तथा छठ पर्वको अवसरमा मानिसहरुको आवात जावत एवं सवारी साधनहरुको चाप बढ्दै जाने र बसपार्क, बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड, बढी भाडा लिने, यात्रु ठगिने कार्यलाई नियन्त्रण र नागरिकहरुलाई आई पर्ने समस्याहरुको तत्काल सुनुवाई गर्ने उद्देश्यको साथ यात्रु सहायता कक्ष स्थापना गरिएको दाङ जिल्ला प्रहरीले जनाएको छ ।

बिहीबार देखि घोराही १४ नयाँ बसपार्कमा जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा सहायता कक्ष स्थापना गरिएको हो । बसपार्क टोल विकास संस्थाका अध्यक्ष भानुभक्त पाण्डेको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी एसपी सुरेश काफ्लेको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, यातायात ब्यवसायी, सवारी चालक सहचालक, यात्रुहरु, स्थानिय नागरिक, प्रहरी लगायतको सहभागितामा नागरिक÷यात्रु सहायता कक्षको स्थापना गरिएको दाङ एसपी काफ्लेले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर