इक्वेडरमा जेलमा भएको झडपमा परि ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघ्याे,५० बढी कैदीहरु घाइते

  असोज १४, २०७८

असोज १४ काठमाण्डाै / इक्वेडरमा एउटा जेलमा भएको झडपमा परेर ज्यान गुमाउनेको सङ्ख्या १ सय नाघेको छ । गत मङ्गलवार ग्वायाकइल सहरमा रहेको एक जेलमा दुई समूहबीच झडप भएको थियो । झडपका क्रममा कैदीले गोली समेत प्रहार गरेका थिए । जेलभित्रै ग्रिनेड हानाहान समेत भएको त्यहाँका अधिकारीहरुले बताएका छन ।

झडप नियन्त्रणमा लिन प्रहरीले ४ सय प्रहरी परिचालन गरेको थियो । यो जेलमा लागुऔषध गिरोहका सदस्यहरुलाई राखिएको थियो । इक्वेडरमा लागुपदार्थ नेटवर्क चलाउने मेक्सिकोको समूहको आदेशमा झडप भएको बीबीसीले जनाएको छ ।

सुरक्षाकर्मीले यो घटनालाई भयङ्कर त्रासदीपूर्ण भनेका छन । जेलभित्र कसको हैकम चलाउने भन्ने विवादका कारण झडप भएको हो । घटनामा ५० बढी कैदीहरु घाइते छन । यो घटना पछि राष्ट्रपति गीएर्मो लास्सोले देशभरका कारागारमा आपतकालीन अवस्थाको घोषणा गरेका छन ।

तपाईंको प्रतिक्रिया

थप खबर