गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा वर्षाको सम्भाबना दिनभरि नै मौसम बद्ली हुने

  असोज १४, २०७८

असोज १४ काठमाण्डाै / वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ । भारतको झारखण्ड आसपास बनेको न्यूनचापीय रेखाको प्रभावका कारण वाग्मती र गण्डकी प्रदेशका केही ठाउँ र अछामका धेरैजसो ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज दिउँसो पनि पूर्ण रुपमा मौसम खुल्ने सम्भावना छैन ।

दिउँसो पनि देशका धेरैजसो ठाउँमा बादल लागेर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । न्यूनचापीय रेखाको प्रभावका कारण राति पनि देशका धेरैजसो ठाउँको हल्का पानी पर्ने सम्भावना छ । भोलि बेलुकासम्मकै मौसम यस्तै नै हुने र पर्सिदेखि मौसम सफा हुँदै जाने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर