मोटरसाइकल दुर्घटनामा परि धनुषामा ३ जनाको ज्यान गयो

  असोज १३, २०७८

असोज १३ जनकपुरधाम / धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका १८ औरहीबाट जनकपुर बजारतर्फ आइरहेको ज न प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा त्यसमा सवार सबै ३ जनाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार मृत्य हुने जनकपुरधाम उपमहानगरपालिका ११ का पुनालकुमार साहको मात्र पहिचान खुलेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर