खोटाङको दिक्तेल विद्युत प्राधिकरणमा कार्यरत मिटर रिडर मनोरथ बास्तोला मृत फेला

  असोज १२, २०७८

असोज १२ खोटाङ / नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङका मिटर रिडर मनोरथ बास्तोला मृत फेला परेका छन । मिटर रिडिङका लागि रावाबेंसी गाउँपालिका ३ लामीडाँडाको तिर्पा पुगेका मिटर रिडर बास्तोला बास बसेकै ठाउँमा मृत फेला परेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले जानकारी दिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पा निवासी बास्तोला विगत ५/६ वर्षदेखि विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रमा मिटर रिडरका रुपमा काम गर्दैआएका थिए । सोमबार विहान अबेरसम्म नउठेपछि उठाउन जाँदा बास्तोला मृत फेला परेको प्रहरीले जनाएको छ ।

मिटर रिडर बास्तोला स्थानीय राजकुमार खत्रीको घरमा बास बसेका थिए । उनको मृत्युको कारण खुलेको छैन । उनको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर