कपनको ढलमा खसेका बालकको शव ललितपुरमा भेटियो

  असोज १०, २०७८

असोज १० काठमाडौं / काठमाडौंको कपनामा ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ । ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका १ घुसेलमा शनिबार राति शव भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले बताइन ।

फोटो हेरेर परिवारले सखानत गरिसक्नु भएको छ, प्रहरीले शव ल्याउँदैछ उनले भनिन्, टिकाभैरवसम्म बोकेर ल्याउँदैछन त्यहाँबाट पाटन हस्पिटलमा पोष्टमार्टमका लागि लगिनेछ । गत मंगलबार राति कपनस्थित ढलमा १० वर्षीय उज्जवल विक खसेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर