नेपालगन्ज होटलमा मृत फेला परेकी युवतीको हत्या वा आत्महत्या छिट्टै बाहिर आउँछ : डिएसपी न्यौपाने

  असोज ०, २०७८

(सागर थापा) बाँके । नेपालगन्जको पुष्पलाल चोकस्थित सिम्ताली दुल्लु भिजन होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी युवतीको घटनाको बारेमा गहन अनुसन्धान सुरु गरिसकेको र मृत फेला परेकी युवतीको हत्या वा आत्महत्या छिट्टै बाहिर आउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले बताउनुभएको छ ।

उहाँका अनुसार पस्टमार्टमको रिपोर्ट आएपछि हत्या वा आत्महत्या हो भन्ने कुरा खुल्ने छ । बर्दिया जिल्ला बारबर्दिया नगरपालिकाकी १७ वर्षिया सोनी परियार सिम्ताली दुल्लु भिजन होटलको कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन । असोज ४ गते सोमबार साँझ युवतीको शव फेला परेको थियो भने सोही दिन बिहान दाइ-भाउजु भनेर होटलको ईन्ट्री बुकमा नाम रहेका २ जनाले होटल छोडेका थिए । ति दुबैसंग प्रहरीले अनुसन्धानको क्रममा सोधपुछ गरिरहेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले एबिसी संचारसंग कुरा गर्दै भन्नुभयो “घटनाको गम्भिर ढंगबाट अनुसन्धान भईरहेको छ,। होटलमा संगै बसेका र होटलको ईन्ट्रिमा नातामा दाइ-भाउजु लेखिएका दुई जनासंग सोधपुछ भइरहेको छ । ति युवतीको आत्महत्या वा हत्या भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ तर हामीले एउटा बिशेष टोली खटाएका छौँ । घटनाको बिभिन्न कोणबाट गहन अनुसन्धान भइरहेको छ । छिट्टै वास्तविकता बाहिर ल्याउन हामी प्रतिवद्द छौँ । सबै कुरा अनुसन्धान पछि थाहा हुन्छ । डिएसपी न्यौपानेले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर