पेट्रोल छर्केर सुर्खेतमा वडा कार्यालय आगजनी

  असोज ०६, २०७८

असोज ६ सुर्खेत / सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वीरेन्द्रनगर नगरपालिका १ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरेका हुन ।

प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन ।आगजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष सुनारले जानकारी दिए । बुधार बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजनी भएको उनले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर