कपनमा ढलमा खसेर एक बालक बेपत्ता

  असोज ०६, २०७८

असोज ६ काठमाण्डाै / काठमाण्डाैको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन ।

बूढानीलकण्ठ नगरपालिका १० र काठमाण्डाै महानगरपालिका ६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिएका छन । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन ।

तपाईंको प्रतिक्रिया

थप खबर