असोज ५ झापा / सिलिण्डर ग्याँस फेर्ने क्रममा आगलागी हुँदा जलेर गम्भिर घाइते दम्पत्तिको मृत्यु भएको छ । आगलागीमा परेर घाइते भएका झापा अर्जुनधारा–७ पुष्पलाल मार्गका रोम खनाल र उनकी श्रीमती दुर्गाको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा गए राति अलग–अलग समयमा मृत्यु भएको हो ।
खनाल दम्पत्तिको तीन घण्टाको फरकमा मृत्यु भएको छिमेकी कमल पोखरेलले जानकारी दिएका छन । आगलागीमा घाइते भएका छोरा पंकजको अवस्था भने सामान्य बन्दै गएको छ । उनी डिस्चार्ज हुने तयारीमा छन ।
भदौ २६ गते साँझ ग्याँस लिक हुँदा खनालको घरमा आगलागी भएको थियो । घटनामा परिवारका चार जना घाइते भएका थिए । घरमुली मंगलादेवी सामान्य घाइते थिइन भने अरुको अवस्था गम्भीर थियो । घर जलेपछि खनाल परिवार यतिबेला छिमेकीको घरमा आश्रय लिएर बसिरहेको छ ।