चकटीभित्र चरेस ओसारपसार गर्ने ९ जना पक्राउ

  असोज ०५, २०७८

असोज ५ काठमाडौं / हस्तकलाका सामानभित्र लागूऔषध चरेस राखेर ओसार पसार गर्ने गिरोहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । उनीहरुले चकटीभित्र चरेस राखेर हस्तकलाको सामानको रुपमा विदेश पठाएको व्यूरोका अधिकारीहरुले बताएका छन ।

तपाईंको प्रतिक्रिया

थप खबर