रुपन्देहीमा एक महिलाको १७ दिन बितिसक्दा समेत उठेन शव

  असोज ०५, २०७८

असोज ५ रुपन्देही / आफ्नै घरमा मृत फेला परेकी एक महिलाको शव आफन्तले बुझेका छैनन । तिलोत्तमा नगरपालिका–५, मणिग्राममा १७ दिनअघि मृत भेटिएकि २७ वर्षीय सीता भण्डारी पौड्यालको शव आफन्तले बुझ्न मानेका छैनन ।

गत भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी पौड्यालको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिए पनि माइती पक्षले भने सीताको हत्या भएको भन्दै न्याय माग गरेका छन ।

घर पक्षले सीताले आत्महत्या गरेको बताइरहँदा माइती पक्ष र स्थानीयवासीले उनको हत्या भएको भन्दै न्यायका लागि ईलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, नगरपालिकामा समेत ध्यानाकर्षण गराएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर