राप्रपा तुलसीपुर वडा नम्बर ९ को अध्यक्षमा तेज वलि

  असोज ०४, २०७८

असोज ४ तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ को राप्रपा वडा भेला आज सोमवार तुलसीपुरमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । पार्टिका केन्द्रिय कार्य सम्पादन समिति सदस्य टोप बहादुर शाहको अध्यक्षता तथा रोल्पाका नेता ओज बहादुर खड्काको प्रमुख आतिथ्यता एवम् ट्रेड युनियन महासंघका उपाध्यक्ष ढुण्डि राज कंडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला सहअध्यक्ष हंसराज के.सी., मिडिया नेपाल लुम्बीनी प्रदेशका अध्यक्ष तेज बहादुर वली, जनजाति महासंघका जिल्ल अध्यक्ष नर बहादुर बुढा , पूर्व केन्द्रिय पार्षद बुद्धि राम केसी लगायतकाले बोल्नु भएको थियो । उक्त भेलाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ को २५ सदस्यिय वडा कार्यसमिति चयन गरेको छ ।

जसको अध्यक्षमा तेज बहादुर वली , उपाध्यक्ष मोतिकला बुढा,राजन केसी, रमा डाँगि, सचिवमा भरत शर्मा, कोषाध्यक्ष उदय बहादुर खत्रिलाई सर्वसहमतिले चयन गरीएको छ । सदस्यहरुका ओज बहादुर खड्का , बुद्धिराम केसी, पतिराम भण्डारी लगाएत चयन हुनुभएको छ ।

साथै भेलाले वडा समितिमा निर्वाचित ६५ प्रतिशत कार्य समितिलाई गथावत निर्वाचित गदै बाँकि वडा कार्यसमितिमा थप गर्न वडा समितिलाइृ अकिार दिने निर्णय गरिएको मिडिया नेपाल लुम्बीी प्रदेशका अध्यक्ष तेज बहादुर वलीले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर