सशस्त्र प्रहरी बल बियोपी जमुनाहले १ लाख ४५ हजारको अवैध सामान पक्राउ

  असोज ०४, २०७८

(सागर थापा) बाँके । सशस्त्र प्रहरी बल बियोपी जमुनाहले भारतबाट भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामानहरु सशस्त्र प्रहरी बल बियोपी जमुनाहका प्रमुख प्रहरी निरीक्षक जिबनलाल बुढाको कमान्डमा पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाह गाउँ नजिकैबाट बरामद गरिएको १ लाख ४५ हजार मूल्य बराबरको सो सामान थप कारवाहीका लागि सोमबार भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल बियोपी जमुनाहले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर