संविधान दिवसमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित विशेष समारोह सम्पन्न

  असोज ०४, २०७८

काठमाडौं । संविधानका धाराहरु व्यवस्थित नहुँदा आज राजनीतिक पार्टीहरू टुक्राटुक्रा भएका छन् – बामदेव गौतम ३ असोज, २०७८ काठमाडौँ : संविधान दिवसको अवसरमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित विशेष समारोह २०७८ कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा भवन कमलादीमा भएको कार्यक्रममा विभिन्न कार्यमा संलग्न भएका व्यक्तिहरूलाई सम्मान गरियो ।

उपराष्ट्रपति परमान्द झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम, नेताहरू अर्जुन नरसिंह केसी, रामकृष्ण कर्माचार्य, राष्ट्रिय नागरिक समाजका अध्यक्ष महेशजंग कुँवरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै देशले पाएको संविधान जनताको हितमा लागू गर्नु पर्ने बताए ।

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले संविधानलाई व्यवस्थित गर्न नसकेकाले राजनीतिक दलहरू एक आपसमा विभाजित हुनु पर्ने अवस्था आएको बताए । उनले भने, ‘संविधानका धाराहरु व्यवस्थित नहुँदा आज राजनीतिक पार्टीहरू टुक्राटुक्रा भएका छन्, संविधान रक्षकले नै बारम्बार संविधानमाथि हस्तक्षेप गरे ।’

कार्यक्रममा संस्थाले विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरू डा. सुरज कर्माचार्य, आनी भिमसुवा गुरुङ, शशी शर्मा पौडेल, विजयकुमार शिरनेथ ठकुरी, अम्बिका केसी, बसुमाया तामाङ, पारु गुरुङ्ग, शोभा पाठक, नारायण भट्टराई, भीष्मराज फुलाराज्य, सचिन अधिकारी, सुभाष कुँवर लगायतलाई सम्मान गरिएको थियो । मात्रीभुमि न्युजबाट 

तपाईंको प्रतिक्रिया

थप खबर