रौतहटमा पोखरीमा डुबेर बालिकाको मृत्यु

  असोज ०२, २०७८

असोज २ रौतहट / देवाही गोनाही नगरपालिकामा रौतहटमा पछिल्लो ३ दिनभित्र ३ बालिकाको डुबेर ज्यान गएको छ । पोखरीमा डुबेर २ बालिकाको ज्यान गएको २४ घन्टा नबित्दै फेरि अर्की बालिकाको डुबेर मृत्यु भएको हो ।

देवाही गोनाही नगरपालिका वडा नं.६ कर्कच करमहियाका स्थानीय मोहन साहको छोरी साढे दुई बर्षकी ज्योति कुमारी साहको हिजो साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाउँ नजिकै रहेको नहरमा जमिएको पानीमा डुबेर बालिका साहको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यलय देवाही गोनाहीका प्रमुख इन्स्पेक्टर राजन लम्सालले शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको बताए ।

यस अघि देवाही गोनाही ७ का वडा अध्यक्ष जगरनाथ यादवको निर्माणधिन पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर