विओपी जमुनाह सूचना अधिकृत शाहीको कमाण्डमा भन्सार छ्लेको अबैध समानहरु नियन्त्रणमा

  असोज ०१, २०७८

(महेन्द्र सिंह) बाँके। नेपालगन्ज १६ जयसपुर नजिकैबाट शुक्रबार सशस्त्र प्रहरीको टोलीले भन्सार छलीको सामान बरामद गरेको छ ।

विओपी जमुनाहबाट सशस्त्र प्रहरी नायव निरीक्षक सूचना अधिकृत योगेन्द्र बहादुर शाहीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैधरुपमा भन्सार छलि भित्र्याइएको १ लाख ५८ हजार ६ सय ४० रुपैयाँ बराबरको किराना, हार्डवयर र मोटर पार्टस सामान बरामद गरेको हो ।

बरामद गरिएको सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव निरीक्षक सूचना अधिकृत शाहीले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर