भरुवा बन्दुक सहित एक युबक पक्राउ

  असोज ०१, २०७८

असोज १ मोरङ / मिक्लाजुङ गाउँपालिका–५ मोरङबाट २ वटा भरुवा बन्दुकसहित एक जना युबक पक्राउ परेका छन ।

मिक्लाजुङ–५ का ४३ वर्षीय जगतबहादुर लिम्बूलाई २ वटा भरुवा बन्दुकसहित बिहीबार साँझमा पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले घरमा लुकाइछिपाइ राखेको अवस्थामा २ नाल बन्दुकसहित लिम्बूलाई पक्राउ गरेको हो ।

प्रहरीले वन्यजन्तुको चोरी सिकारीका लागि भरुवा बन्दुक राखिएको हुनसक्ने आशंका गरेको छ। लिम्बूविरुद्ध हातहतियार खरखजाना मुद्दा चलाउन शुक्रबार म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर