१० हजारका दरले पाँच लाख गरिबलाई पैसा दिने सरकारको निर्णय

  भदौ २५, २०७८

भदौ २५ काठमाडौं / सरकारले पाँच लाख गरिबलाई १० हजारका दरले रकम दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रतिस्थापन विधेयक पेश गर्दै कोरोना महामारीलगायतले काम गुमाएका गरिब परिवारलाई १० हजारका दरले रकम दिने घोषणा गरेका हुन।

अनौपचारिक तथा असंगठित क्षेत्रका गरिब र विपन्नलाई एक पटकका लागि प्रति परिवार १० हजारका दरले अनुदान रकम दिने घोषणा सरकारले गरेको छ। कपा एमालेको विरोधबीच सरकारले प्रतिष्ठापन विधेयक ल्याएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर