बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच वार्ता

  असार २२, २०७७

काठमाडौँ, असार २२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा शुरु भएको वार्ता सम्पन्न भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको पार्टीको स्थायी कमिटी बैठक स्थगित गरी सहमतिको विकल्प खोज्न दुई अध्यक्षबीच वार्ता भएको हो ।

बिहान ११ बजेदेखि शुरु भएको वार्ता आधा घण्टामा सकिएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले बताउनुभयो । स्थायी कमिटी बैठक स्थगित गर्ने सहमति गरेलगत्तै बसेको अध्यक्षद्वयको बैठकमा सहमतिको खोजी जारी राख्ने दुई अध्यक्षबीच सहमति बनेको बालुवाटार स्रोतले जनाएको छ ।

गोरखापत्र अनलाइन

तपाईंको प्रतिक्रिया

थप खबर